नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गर्दै नेपाल टेलिकमले नयाँ ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।
टेलिकमका अनुसार, प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन् । प्याकेजअन्तर्गत प्रयोगकर्ताले ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न पाउनेछन् भने प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ ।
यो प्याकेज कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ । एकपटक खरिद गरिएको प्याकेजको भ्यालिडिटी ३० दिन रहनेछ ।
त्यस्तै, पोस्टपेड मोबाइल प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने जनाइएको छ ।
प्याकेज सक्रिय गर्न मोबाइलबाट ८१४१५८९३ डायल गर्न सकिनेछ । साथै, नेपाल टेलिकमको मोबाइल एपमार्फत पनि यो प्याकेज खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनरसमेत रहेको छ । टेलिकमले नेपाली खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै एनपीएललाई लक्षित गरी विशेष अफर ल्याइएको जनाएको छ ।


