Banijya News

सिद्धार्थ बैंकद्वारा शेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालन

1
1.0K Shares

सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज र सरल रूपमा सम्बोधन गर्ने उद्देश्यले शेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवाअन्तर्गत ग्राहकले आफ्नो शेयर धितो राखी बैंकबाट आवश्यक कर्जा लिन सक्नेछन् । बैंकका अनुसार ग्राहकले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप ‘बैंकस्मार्ट एक्सपी’ मार्फत शेयर धितो कर्जाका लागि सहज रूपमा अनलाइन आवेदन दिन सक्नेछन् । एपमा Easy Loan > Loan Services > Loan Against Share विकल्पमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

ग्राहकले धितो राख्ने सेयरको कुल मूल्यांकनका आधारमा अधिकतम ७० प्रतिशतसम्म सेयर धितो कर्जा लिन सक्ने बैंकले जनाएको छ । बैंकले यस सुविधाबाट ग्राहकले आफ्नो व्यक्तिगत तथा व्यावसायिक वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने विश्वास लिएको छ ।

छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको शेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । यस सेवाबारे थप जानकारीका लागि ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

1

Scroll to Top