लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसमध्ये पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।
बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ३३१औँ बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाको अनुमोदन आवश्यक पर्नेछ ।
प्रस्तावअनुसार बैंकले एक करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता बोनस सेयर वितरण गर्नेछ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि छ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश छुट्याउने प्रस्ताव गरिएको छ । नियामकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्रै वितरण प्रक्रिया अघि बढ्ने बैंकले जनाएको छ ।


