Banijya News

ग्लोबल आईएमई बैंकको संस्थापक शेयर बिक्रीमा

1
1.0K Shares

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि सुरुमा विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी बिक्री प्रक्रिया अघि बढाइएको थियो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेपछि बैंकले उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि समेत बिक्री खुला गरेको हो ।

बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र मूल्य खुलाएको छैन । शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको रजिस्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्ने बैंकले जनाएको छ ।

1

Scroll to Top