नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ८२ हजार ९६५ कित्ता संस्थापक शेयर बिक्री खुला गरिएको छ । बैंकले हाललाई विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको कमलादीस्थित बैंकको रजिस्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई समेत शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।


