Banijya News

सुनचाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

1
1.0K Shares

नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १७५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार र शनिबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार र शनिबार प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार १७५ रुपैयाँले घटेर ३ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

1

Scroll to Top