Banijya News

बाढीले क्षतिग्रस्त सिटिजन्स बैंकको देविघाट शाखा बट्टारमा सर्ने

1
1.0K Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको देविघाटमा सञ्चालन गर्दै आएको शाखा कार्यालय बट्टार बजारमा स्थानान्तरण गर्ने भएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण देविघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बैंकले नयाँ स्थानबाट सेवा सञ्चालन गर्न लागेको हो ।

बैंकका अनुसार, विदुर नगरपालिका–५ स्थित पुरानो शाखा रहेको स्थानमा तत्काल बैंकिङ कारोबार सञ्चालन गर्न सक्ने अवस्था छैन । त्यसैले, ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले करिब ७ किलोमिटर टाढा रहेको विदुर नगरपालिका–२ को बट्टार बजारमा शाखा स्थानान्तरण गर्ने निर्णय गरिएको हो ।

शाखा स्थानान्तरणसँगै बैंकले देविघाट शाखाको नाम परिवर्तन गरी ‘बट्टार शाखा’ कायम गर्ने जनाएको छ । नयाँ स्थानबाट आगामी मंसिर १७ गतेदेखि नियमित रूपमा सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन हुने बैंकले जानकारी दिएको छ ।

नयाँ स्थानबाट सेवा सुरु भएपछि बट्टार बजार तथा आसपासका क्षेत्रका ग्राहकलाई बैंकिङ सेवा लिन थप सहज हुने बैंकको विश्वास छ । साथै, ग्राहकलाई छिटो, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले हाल देशभर शाखा सञ्जाल विस्तार गर्दै आएको छ । बैंकले परम्परागत बैंकिङ सेवासँगै डिजिटल बैंकिङ र प्रविधिमैत्री सेवाको विस्तारलाई समेत प्राथमिकता दिँदै आएको छ ।

1

Scroll to Top