Banijya News

महालक्ष्मी विकास बैंकको कार्डबाट दराजमा सामान किन्दा दुई हजारसम्म छुट

1
1.0K Shares

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलाई लक्षित गर्दै ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने सम्बन्धमा सहकार्य भएको छ । डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्ने उद्देश्यले बैंकले दराजसँग सहकार्य गरेको हो ।

यस सहकार्यअन्तर्गत २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

योजनाअनुसार डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ । छुट प्राप्त गर्न ग्राहकले दराजबाट सम्बन्धित भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ । योजना अवधिभर सीमित ग्राहकलाई पहिलो आउनेलाई प्राथमिकता दिने आधारमा छुट प्रदान गरिनेछ ।

यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नुका साथै भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ । डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि बढाउने लक्ष्यसमेत बैंकले लिएको छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।

1

Scroll to Top