Banijya News

रिज लाइन इनर्जीले १२ करोड ४७ लाख नगद लाभांश वितरण गर्ने

1
1.0K Shares

रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको कात्तिक १७ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई उक्त रकम नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका लागि एस. चपाईं एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ । लेखापरीक्षकको वार्षिक पारिश्रमिक मूल्य अभिवृद्धि करबाहेक ३ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकका रूपमा कास्कीका निरञ्जन पराजुली निर्वाचित भएका छन् ।

1

Scroll to Top