नेपाल धितोपत्र बोर्डले एनआईसी एसिया बैंकलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई १ः०.५० अनुपातमा राइट सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।
बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता राइट सेयर निष्कासनका लागि अुनमति माग गरेको थियो । जसलाई बोर्डले कात्तिक १७ गते मंगलबार अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एसीई क्यापिटल लिमिटेड रेहको छ ।


