Banijya News

सानिमा मिडिल तमोरको खुद नाफा दोब्बरले वृद्धि

1
1.0K Shares

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तुलनामा दोब्बर बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले ४२ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यसअनुसार यस वर्ष कम्पनीको खुद नाफामा १०४.५९ प्रतिशत अर्थात दोब्बर बढेको हो । विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीमा भएको वृद्धि र सञ्चालन दक्षतामा आएको सुधारले कम्पनीको नाफामा वृद्धि भएको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर ७४ करोड ३२ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ५७ करोड ४६ लाख ५६ हजार रुपैयाँ रहेको थियो । आम्दानीमा आएको यो वृद्धिसँगै कम्पनीको कुल मुनाफा ६८ करोड ५० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५५ करोड ४ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वित्तीय खर्च तथा प्रशासनिक खर्चमा देखिएको सन्तुलनले खुद नाफाको यो उच्च वृद्धिदरलाई थप टेवा दिएको छ ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३३ करोड़ २४ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा रहेको सञ्चित मुनाफा बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी बढेर ५१ रुपैयाँ ५७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ २८ पैसा रहेको छ ।

1

Scroll to Top