चुनाब जिते अमेरिकी जनतालाई गज्जबको राहत प्याकेज ल्याउने ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड राहत अध्यादेशका सन्दर्भमा छलफल स्थगित गर्ने बताएका छन् । उनले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै चलाइने पनि उल्लेख गरेका हुन् ।
आफुले चुनाब जितेर कडा मेहनत गरिरहेका अमेरिकी नागरिकहरुको कदर गर्ने गरी गज्जबको राहत प्याकेज सम्बन्धी अध्यादेश पारित गर्ने दाबी गरेका छन् ।
यतिखेर डेमोक्रेटहरुसंग राहत बजेट अध्यादेश सम्बन्धी छलफल चलिरहेको थियो ।
डेमोक्रेटका राष्ट्रपतिका उम्मेद्वार जो बाइडेनले ट्रम्प अप्ठेरोमा परेका नागरिकका लागि गर्नुपर्ने दायित्वबाट विमुख भएको टिप्पणी गर्दे आएको समय ट्रम्पले यस्तो घोषण गरेका हुन् ।
प्रतिकृया दिनुहोस्