May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

कर्मचारीलाई तलब दिनै सरकारलाई धौ – धौ, ३० अर्ब आन्तरीक ऋण उठाउदै

कर्मचारीलाई तलब दिनै सरकारलाई धौ – धौ, ३० अर्ब आन्तरीक ऋण उठाउदै

२५ असोज, काठमाण्डौ ।

Advertisement


कोरोना महामारीका कारण अपेक्षित राजश्व नउठ्दा सरकारको ढुकुटीमा नगद रित्तिएका कारण सरकारलाई यतिबेला धौ – धौ परेको छ । सरकारलाई चाडपर्व लक्षित खर्च व्यवस्थापनका लागि पर्वको महिना असोजमै सरकार आन्तरिक ऋण उठाउन बाध्य भएको हो ।

Advertisement


सरकारले हालसम्म वर्षको सुरुमै ३० अर्ब ऋण उठाएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो।
अन्य समयको तुलनामा मासिक खर्च दशैँको समयमा धेरै हुन्छ। निजामती, शिक्षक, सुरक्षाकर्मीलगायतका सबै कर्मचारी र पेन्सन पाउने पूर्व कर्मचारीलाई असोजमा दुई महिना बराबरको तलब सुविधा एकैपटक दिनुपर्छ।


यसको साथै, सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता पनि यही महिनामा वितरण गरिन्छ। गत वर्षकोे पुँजीगत खर्चको बाँकी भुक्तानी समेत सकेसम्म यही बेला दिने गरी तालिका बनाइन्छ।
अझ भन्दा सामान्य समयमा सरकारको अनिवार्य दायित्व ४० अर्बको हाराहारीमा हुन्छ भने दशैंको समयमा कम्तिमा ६० प्रतिशत खर्च थपिन्छ।


महालेखा नियन्त्रकको कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले १ खर्ब ४७ अर्ब ८९ करोड राजश्व उठाएको छ। असोज १५ पछि चालु खर्च मात्र दैनिक औषतमा ५ अर्ब भन्दा बढी भइरहेको छ। राजस्व भने औषतमा दुई अर्ब मात्र छ।


एकै महिनामा धेरै किसिमका खर्च व्यहोर्नु पर्ने तर, त्यही अनुसार राजस्व संकलन नहुने भए पछि र नियमित आम्दानीबाट खर्चको जोहो नहुने अवस्था दशैंअघि नै आएपछि यतिबेला सरकारले आन्तरिक ऋण उठाउन थालेको हो ।