बढयो मूल्यवृद्धि, सबैभन्दा धेरै काठमाडौमा
६ मंसिर २०७६ काठमाडौं
काठमाडौं – सरकारले महंगी नियन्त्रणभित्रै रहिरहेको बताइरहेका बेला पछिल्ला दिनमा महंगी बढेकाो तथ्यांक सार्बजनिक भएको छ । नेपाल राष्ट्रबैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७६÷०७७ को तीन महिनाको तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति बढेको हो । राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गएको आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्यवृद्धि ४ दशमलव ६८ प्रतिशत रहेकोमा यो आर्थिक वर्षको साउन, भदौ र असोजमा ६ दशमलव ४४ प्रतिशत मूल्यवृद्धि भएको छ । असोजमा महिनामा उपभाक्ता मुद्रास्फिती ६ दशमव १ प्रतिशत रहेको छ । बिस्तृत मुद्राप्रदाय ३ दशमलव २ प्रतिशतले बढेको छ । संघीय सरकारको बैकिङ कारोबारमा आधारित खर्च १ खर्ब ७२ अर्ब ३३ करोड र राजश्व परिचालन २ खर्ब ११ अर्ब २८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
रेमिट्यान्स घट्यो, विदेश जाने पनि कम
मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने रेमिटेन्स चालु आर्थिक बर्षको पहिलो त्रैमाशिकमा झण्डै ५ प्रतिशतले घटेको छ । गत साउनदेखि असोजसम्मको समयावधीमा २ खर्ब ३० अर्ब २४ करोड रेमिटेन्स मुलुक भित्रिएको छ, जुन ४ दशमलव ९ प्रतिशतले कम हो । अन्तिम श्रम स्वीकृतिका आधारमा बैदेशिक रोजगारीम जाने नेपालीको संख्या पनि ३ दशमलव ७ प्रतिशतले घटेको छ । यस्तै, पुनः श्रम स्वीकृतिका आधारमा बैदेशिक रोजगारीमा जानेको संख्या शुन्य दशमलव ९ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
चालु खाता सुधारतर्फ, वैदेशिक लगानी बढ्यो
पहिलो त्रैमाशिक समिक्षा प्रतिवेदन आज सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यापार घाटा १२ प्रतिशतले घटेर ३ खर्ब ७ अर्ब ७८ करोडमा झरेको जनाएको छ । यो अवधिमा कुल वस्तु निर्यात १४ दशमलव ४ प्रतिशतले बढेर २७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने आयात १० दशमलव ३ प्रतिशतले घटेर ३ अर्ब ३४ अर्ब ९५ करोड पुगेको छ । समिक्षा अवधीमा शोधानान्तर स्थिती १४ अर्ब ४३ करोडले बचतमा रहेको बैंकले जनाएको छ । अघिल्लो बर्षको सोही अवधीमा शोधानान्तर स्थिती ३५ अर्ब ४२ करोडले घाटामा थियो ।
प्रतिकृया दिनुहोस्