साउदीले कम्पनी छाडने कामदारलाई ६ महिना जेल, ५० हजार रियाल जरिवाना सहित आजिबन देश निकाल्ने
आइतवार ०८ मंसिर २०७६
साउदी सरकार पछिल्लो समय कामदार प्रति कडा हुदै कठोर कानून ल्याएको छ । कम्पनी छाडने र अवैधरुपमा बस्ने क्रम बढेपछि साउदी अरबले आप्रवासी कामदारका लागि कडा नियम लागु गरेको हो । सेवासुविधाका कारण तथा दलालहरुको प्रलोभनमा परेर काम छाडने तथा कम्पनी परिवर्तन गर्ने नेपालीहरुको संख्या पछिल्लो समय बढेकाले साउदी सरकारले कडा नियम लागु गरेको हो ।
श्रम सम्झौताको करार अवधिअघि रोजगारदाता परिवर्तन गरे तथा अवैध रुपमा बस्ने कामदारलाई पुनः साउदी अरब प्रवेशका लागि आजीवन प्रतिबन्ध लगाउने भएको छ । हालै जारी गरेको कानूनमा कम्पनी छाडेर भाग्ने कामदारलाई आजिवन साउदी प्रवेशमा प्रतिवन्धसँगै थप ६ महिना जेल र ५० हजार रियाल जरिवाना तिराउने भएको हो । दूतावासले बिचैमा कम्पनी नछाडन तथा अवैधरुपमा नबस्न कामदारहरुलाई आग्रहसमेत गरेको छ । साउदीको नयाँ नियमसँगै कम्पनी छोडनेले विशेष ध्यान दिनु पर्ने भएको छ ।
प्रतिकृया दिनुहोस्