September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

नेपाललाई २ करोड ५० लाख डोज खोप दिन रुस तयार

नेपाललाई २ करोड ५० लाख डोज खोप दिन रुस तयार

पुस २९, काठमाडौं ।
रुसले नेपाललाई कोभिड–१९ विरुद्धको स्पुतनिक भी खोपका दुई करोड ५० लाख डोज दिने भएको छ । समाचार संस्था रोयटर्सले रुसले नेपाललाई कोरोना भाइरविरुद्धको उक्त खोप उपलब्ध गराउने उल्लेख गरेको छ । रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्यूजलाई उदृत गर्दै उक्त समाचार सार्वजनिक गरेको हो ।

नेपालमा कोभिड–१९ विरुद्धको खोप कहिले आइपुग्ला भन्ने अनुमान भइरहेका बेला आरआईएले रुसको विदेश मन्त्रालयका अनुसार स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको समाचारमा उल्लेख छ । रुसले उत्पादन गरेको स्पुतनिक भी खोप रुस, बेलारुस लगायत देशमा लगाउन थालिसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग नेपालका लागि रुसका राजदूतले केही दिनअघि मन्त्रालयमै भेटेर नेपाललाई रुसी खोप उपलब्ध गराउने बारे विचारविमर्श गरेका थिए ।

Advertisement

गत सेप्टेम्बरको अन्त्यतिर रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले नेपाललाइ २ करोड ५० लाख डोज कोभिड विरूद्धको खोप उपलब्ध गराउने घोषणा गरेको थियो । यद्यपी यस खोपका बारेमा नेपाल सरकारले केही बताएको छैन । नेपालले भारतीय कम्पनीसँग खोपका बारेमा छलफल गरिरहेको र परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भारत भ्रमणका क्रममा भारतीय खोप नेपाल ल्याउने बारेमा विचार विमर्श गर्ने बताइएको छ ।