September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

चुनाबको लागि सवारी खरीद गर्न गृहद्धारा अर्थ मन्त्रालयसँग ९ अर्व माग

चुनाबको लागि सवारी खरीद गर्न गृहद्धारा अर्थ मन्त्रालयसँग ९ अर्व माग

चुनाब भन्नेवित्तिकै सुरक्षा पहिलो शर्त हुन्छ । साथै, त्यस्को लागि चाहिने खर्च अर्थमन्त्रालयको पहिलो दायित्व हुन्छ । यही दायित्वलाई आत्मासाथ गर्दे यतिखेर गृह मन्त्रालले अर्थलाई झण्डै ९ अर्वको रकम माग गरेको छ । निर्वाचनमा तीन वटै सुरक्षा निकायलाई चाहिने सवारी साधन किन्न भन्दै गृहले अर्थसँग उत्त बजेट माग गरेको हो । गृहले निर्वाचनमा प्रयोग हुने एक हजार छ सय वटा सवारीको व्यवस्था गर्न भन्दै अर्थसँग बजेट मागेको हो ।


गृहमन्त्रालयका अनुसार नेपाल प्रहरीले निर्वाचनलाई भनेर एक हजार एक सय वटा गाडी मागेको छ । यस्तै, सशस्त्र प्रहरी बलले पाँच सय वटा गाडी गृहसँग मागिसकेको छ । यसका साथै, राष्ट्रिय अनुसन्धान विभागले समेत गृहसँग निर्वाचनकै लागि भनेर सवारी साधन माग गरिसकेको छ । सुरक्षा निकायले मागेको गाडीको व्यवस्था गर्न भन्दै गृहले अर्थसँग प्रारम्भिक बजेटको माग गरेको हो ।

Advertisement

यसबाहेक पनि नेपाली सेनाले निर्वाचन प्रयोजनका लागि नयाँ गाडी किन्न छुट्टै प्रस्ताव गरेको छ ।
गृहमन्त्रालयका एक अधिकारीले अनुसार निर्वाचनमा प्रयोग हुने सवारीको व्यवस्था गर्न उक्त ९ अर्व रकम मागिएको बताए । उनले वैशाखमा हुने प्रतिनिधि सभाका लागि सुरक्षा निकायले प्रयोग गर्ने सवारी किन्नलाई उक्त रकम मागेको हो । त्यहीअनुसार गाडी खरिदका लागि अर्थ मन्त्रालयमा प्रस्ताब गरिसकेको छ ।