साग खेलकुदको लागि ८९ वटा होटल बुकिङ
शुक्रार १३, मंसिर २०७६, काठमाडौं ।
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि नेपालले सम्पूर्ण तयारी गरेको छ । राखेपले खेलको लागि आउने विदेशी पाहुना र खेलाडीको बसोबासदेखि आवश्यक सुरक्षाको संम्पूर्ण तयारी भैसकेको जनाएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार साग खेल ३० ठाउँमा खेलाइनेछ । जसमध्ये काठमाडौंमा १२, ललितपुरमा ९, पोखरामा ८ र जनकपुरमा १ ठाउँमा गरेर ३० ठाउँमा सञ्चालन हुनेछ । यसरी संचालन हुने खेलको लागि राखेप ४३ होटल बुकिङ गरेको छ । विदेशी पाहुनाहरुको लागि मध्यनजर गर्दै काठमाडौँका ३१, ललितपुरका १२, जनकपुरका ३ र पोखराका ४३ होटल बुकिङ गरिएको छ । साग खेलमा अफिसियल, प्रशिक्षक र निर्णायकहरु गरेर ५५ सयभन्दा बढी उपस्थित हुनेछन् । यसको लागि सोही अनुसारको होटलको ब्यावस्था गरिएको हो ।
दक्षिण एसियाली महादेशीय खेल कुम्भमेलाको रुपमा आयोजित सागमा विभिन्न २६ खेल समावेश गरिएको छ । आइतबारदेखि औपचारिक रुपमा सुरु हुने सागका लागि १८ हजार सुरक्षा तैनाथ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सागमा विशेष गरी फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शक शुल्क राखिएको र दर्शकले ई–सेवा मार्फत टिकट किन्न सक्ने ब्यवस्था गरिएको छ । मंसिर १५ गते हुने सागको उद्घाटन र २४ गतेको समापनमा जोर र विजोर नम्बर प्लेटको गाडी चलाउन आग्रह पनि ट्राफिक प्रहरीले गरेको छ ।
प्रतिकृया दिनुहोस्