September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

काठमाडौं आइपुग्यो खरिद गरिएको १० लाख डोज कोभिड खोप

काठमाडौं आइपुग्यो खरिद गरिएको १० लाख डोज कोभिड खोप

फागुन ९, काठमाडौं ।
सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो ।

सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो । जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको हो । खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ’कोल्डरुम’मा लगिने छ । यही फागुन २३ गतेदेखि सञ्चालन हुने नयाँ खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो । दोस्रो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहलाई खोप लगाउन लागिएको छ । उक्त बैठकले दोस्रो चरणमा नै महाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षण तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई समेत खोप लगाउन आवश्यक तयारी तथा व्यवस्थापन गर्ने निर्णय गरेको छ । नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो ।

Advertisement