April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबीवार्मर प्रदान

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रद्र्धन कोष’ बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडानं. ५ सामरी, नुवाकोटलाई एक(एकथान बेबी वार्मर प्रदान गरेको छ । सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबीवार्मरले नवजातशिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

Advertisement

सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुखकार्यकारी अधिकृत पारस राज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँद्वारा संयुक्त रुपमा म्यागङ गाउँ पालिका वडा नं. ५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सोबेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । नवजात शिशुको शारीरिक तापक्रम उचितराख्न प्रयोगहुने बेबीवार्मर बाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुने छन् ।

Advertisement

बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष“ मार्फत्र राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल– कपिलवस्तु, मध्य बिन्दु जिल्ला अस्पताल –नवलपुर, महाकाली अञ्चल अस्पताल–कञ्चनपुर, प्युठान जिल्ला अस्पताल–प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र–महोत्तरी, आम्दा अस्पताल–झापा, जिल्ला अस्पताल–खोटाङ्ग र सामरी स्वास्थ्य चौकी –सामरीलाई एक–एक थान बेबीवार्मर प्रदान गरिहालसम्म जम्मा ८ वटा बेबीवार्मर प्रदान गरिसकेको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूलउद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवद्र्धन कोष“ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिए र सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ । बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुन द्वारा प्रवर्द्धिधत राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा “न्यानोनानी“ बेबीवार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि रु. ८ लाख प्रदान गरेको थियो ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु.४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब रु.३७ अर्ब लगानी गर्न सफल भएको छ ।