ग्लोबल आइएमई र जनता बैंक मर्ज, देशकै ठूलो वाणिज्य बैंक
जनता बैंक र ग्लोबल आइएमई बैंकले आजदेखि एकीकृत कारोबार थालेका हुन । दुई बैंक एक आपसमा गाभिई बनेको ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु भएको हो । जनता बैंकलाई गाँभेको बनेको ग्लोबल आइएमई बैंकको प्राथमिक पूँजी २४ अर्ब पुगेको छ । दुई वाणिज्य बैंक गाभिएर बनेको बैंक सबैभन्दा बलियो बैंक बनेको छ। जनता बैंक र ग्लोबल आइएमई बैंकले आजदेखि एकीकृत कारोबार थालेका हुन । दुई बैंक एक आपसमा गाभिई बनेको ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु भएको हो । दुई बैंक गाभिएसँगै स्थापनाको १३ वर्षमै ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक बनेको छ । मर्जसँगै बैंकको कुल प्राथमिक पुँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । बैंकका ७७ जिल्लामा ३०० भन्दा धेरै शाखा, २५९ वटा एटीएम, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर र विदेशमा प्रतिनिधि कार्यालय तीनवटा गरी कुल सञ्जाल ८३८ पुगेका छन् । बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् । बैंकको निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । हालसम्म यो बैंकमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएका छन् । ग्लोबलसँग अहिलसम्म १० संस्था गाभिएका छन् भने जनतासँग ६ वटा गरि कुल १८ वटा संस्था गाभिएपछि ग्लोबल आइएमइ देशकै ठूलो बैंक बनेको छ । ग्लोबल आईएमईले कमर्ज एन्ड ट्रस्ट बैंकलाई सुरुमा आफूमा समाहित गरेको थियो । त्यसयता आईएमई फाइनान्स, सोसियल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासेफिक डेभलपमेन्ट बैंक, लर्डबुद्ध फाइनान्सलगायत डेड दर्जन बैंक तथा वित्तीय संस्था ग्लोबल आईएमईमा गाभिइसकेका छन् । मर्जरपछि एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन् । बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन् ।
प्रतिकृया दिनुहोस्