एडिबीले दिने भयो भण्डै साडे चालिस अर्व ऋण
मङ्सिर २५, काठमाडौं । एसियाली विकास बैङ्कले नेपालका विभिन्न चारओटा परियोजनाका लागि ४० अर्ब ४५ करोड ४० लाख रुपियाँ (३५ करोड ८० लाख डलर) ऋण दिने भएको छ ।
ऋण उपलब्ध गराउने सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर हामुदखानोभले मङ्गलबार नै हस्ताक्षर गरेका छन् ।
एडीबीले पोखरा–मुग्लिन सडकको स्तरोन्नति, बागमती नदीको बेसिनमा बाढी व्यवस्थापन स्तरोन्नति तथा नदी स्वस्थता सुधारका लागि थप वित्तीय सहयोग, साना किसानको आम्दानी बढाउने तथा जीविकोपार्जन सुधार र सरकारको कृषि तथा खाद्य सुरक्षासम्बन्धी परियोजनाका लागि ऋण उपलब्ध गराउनेछ ।
प्रतिकृया दिनुहोस्