January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

सुनको मूल्य २०० रुपैयाँले बढ्यो , तोलाको कति ?

सुनको मूल्य  २०० रुपैयाँले बढ्यो , तोलाको कति ?

बैशाख ५, काठमाडौं ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो । यो सँगै आज सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ९० हजार ५०० सय रुपैयाँ रहेको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Advertisement