March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

प्रदेश सभा बैठक बस्दै, अवरोध भए अधिवेशन अन्त्य गरिने

प्रदेश सभा बैठक बस्दै, अवरोध भए अधिवेशन अन्त्य गरिने


प्रदेश १ को प्रदेश सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको जनाइएको छ । प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्न लागेको छ । तर प्रतिपक्षी दलहरुले प्रदेश सभामा अवरोध गरिरहेकाले अधिवेशन नै अन्त्य गर्ने तयारीमा प्रदेश सरकार रहेको बताइएको छ ।
आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन् । यदि प्रतिपक्षीले अवरोध गरेमा चालु हिउँदे अधिवेशन नै अन्त्य गर्ने सरकारको भित्री तयारी रहेको छ ।


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मागहरू पूरा नगरेमा बैठक नै चल्न नदिने तयारी गरेका छन् । उनीहरूले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम चालु गर्नुपर्ने लगायत मागहरू राखेका छन् ।

यसअघि पनि पटकपटक प्रदेश सभा बैठक अवरुद्ध गर्दै आए पनि माग सम्बोभन गर्ने पक्षमा सरकार देखिन्न । सोही कारण आज पनि बैठक अवरूद्ध पार्ने ती दलहरूको तयारी छ ।

Advertisement