अपेक्षा अनुसार किन उठेन राजस्व
पुष २, काठमाडौं ।
सरकारले गत वर्ष उठेको राजस्व भन्दा चालु आर्थिक वर्षमा ३० प्रतिशत बढी बढाउने लक्ष्य निर्धारण गरेपनि अपेक्षा अनुसार राजस्व उठाउन सकेको छैन् । खासगरी भन्सार राजस्वमा आएको अप्रत्यासित गिरावट र भ्याट अपेक्षित उठन सकेको छंैन भने आयकरमा भने वृद्धि भएको देखिएको छ । भन्सार राजस्व केन्द्रित भएको अवस्थामा र देशभित्रका उत्पादनको खपत पनि कम देखिएको राजस्वमा चाप परेको देखिएको हो । गत वर्षको भन्दा ०.६५ प्रतिशत बढी राजस्व उठेको छ । गत आर्थिक वर्षको पाँच महिनामा सरकारले तीन खर्ब ६ अर्ब ८५ करोड रुपैयाँ राजस्व उठाएको थियो । चालु आर्थिक वर्षमा पाँच महिनाको अवधिमा तीन खर्ब आठ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठाएको छ । गत वर्षको तुलनामा करिब दुई अर्ब कम मात्रै राजस्व उठेको देखिन्छ । गत वर्ष उठेको राजस्व आठ खर्ब ५९ अर्ब रुपैयाँ थियो । सरकारले यस वषयमा ११ खर्ब १२ अर्ब रुपैयाँको राजस्व लक्ष्य निर्धारण गरेको छ । पाँच महिनामा उठेको राजस्वलाई आधार मान्दा चालु आर्थिक वर्षमा साढे ६ अर्ब रुपैयाँ मात्रै राजस्व बढ्ने देखिन्छ । यसअनुसार आठ खर्ब ६५ अर्ब रुपैयाँ मात्रै पुग्ने अवस्था छ । तर अर्थ्विद्हरूले अहिलेकै अनुपात अन्तिम समयसम्म नरहने बताएका छन् । पाँच महिनाको अवधिमा गत वर्षको भन्दा ३० प्रतिशत बढी राजस्व उठ्दा तीन खर्ब ९८ अर्ब रुपैया उठ्नु पर्ने हुन्छ । आत्मनिर्भर केन्द्रित सिमेन्ट तथा छडको खपत ३० प्रतिशतसम्म कम भएको व्यापारीहरूको गुनासो रहेको छ । लक्ष्य नै ठूलो, घट्दो व्यापार अर्थ्विद्हरूले सरकारले करको लक्ष्य ठूलो राखेकाले समस्या भएको प्रतिक्रिया दिन्छन् । गत वर्ष लक्ष्यको ९० प्रतिशत मात्रै राजस्व उठेकोमा चालु आर्थिक वर्षको अवस्था थप कमजोर देखिएको छ । गत वर्ष अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को तुलनामा पहिलो पाच महिनामा २६ प्रतिशत बढी राजस्व उठेको थियो । चालु आर्थिक वर्षमा भने ०.६५ प्रतिशत मात्रै बढी उठेको छ ।
प्रतिकृया दिनुहोस्