August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

नेपालको प्रारम्भिक आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने, कोरोना संक्रमण बढदै जाँदा घट्ने

नेपालको प्रारम्भिक आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने, कोरोना संक्रमण बढदै जाँदा घट्ने


काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको प्रारम्भिक आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने अनुमान गरेको हो । विभागले अझै यो अनुमान घट्न सक्ने जनाएको छ । यो अनुमान ९ महिनाको तथ्याङ्क समेटेर गरिएको हो, अझै कोभिडको प्रभाव बढ्दैछ, तीव्र रुपमा कोरोना फैलियो भने अझ सो अनुमान घट्न पनि सक्छ,’ विभागले भन्यो ।

Advertisement


विभागले उपभोक्ता मूल्य ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेपनि आधारभूत मूल्यमा भने ३.९८ प्रतिशत मात्रै हुने अनुमान गरेको छ । उपभोक्ता मूल्यबाट आर्थिक वृद्धिदर गणना गर्दा कर छुटइएको हुँदैन भने आधारभूत मूल्यमा गणना गर्दा कर छुट्याएर आर्थिक वृद्धि गणना गरिने विभागले जनाएको छ ।

Advertisement

केन्द्रीय तथ्याङ्क विभागले चालु आवको ७ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आँकडा तथा सूचनाहरुको आधारमा तयार उक्त प्रक्षेपण गरेको हो । आव २०७६÷७७ मा २.१२ प्रतिशत ऋणात्मक रहेकोमा आव २०७५÷७६ मा ६.३९ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०७७÷७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन ,उपभोग , बचत र लगानीलाई समेटेर राष्ट्रिय लेखासम्वन्धी अनुमानहरू प्रस्तुत गरिएको छ । विभागले राष्ट्रिय लेखा गणना गर्ने आधार वर्ष परिवर्तन गर्दै २०६७÷६८ कायम गरेको छ ।