January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

शेयर बजारमा दोहोरो अंकको वृद्धि,४ अर्ब २० करोडको कारोबार

शेयर बजारमा दोहोरो अंकको वृद्धि,४ अर्ब २० करोडको कारोबार

वैशाख २७, काठमाडौं ।
साताको दोस्रो दिन सोमवार नेप्से परिसूचक आज २७.४१ अंकले बढेको छ । आज १ दशमलव ०५ प्रतिशतले बढ्दै २६४५.४८ विन्दुमा रोकिएको छ । सोमवार कारोबारमा आएका २१८ ओटा कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता शेयरको ५१ हजार २३५ पटकमा ४ अर्ब २० करोड ३८ लाख २ हजार ७८९ रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटै समूहकै परिसूचक बढेसँगै समग्र नेप्से वृद्धि भएको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएको २१८ ओटा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता १९ हजार २५० रुपैयाा पुगेको हो । त्यसैगरी राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर पनि १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६ हजार ९५१ रुपैयाँ रहेको छ । यो दिन सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको २७ करोड ४ लाख २७ हजार रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ ।

यसैगरी दोस्रोमा अपर तामाकोशी हाइड्रोपावरको १९ करोड ७० लाख ६१ हजार रुपैयाँ बरावरको शेयर खरीदविक्री भएको छ । सोमवार सबैभन्दा बढी बिशाल बजार कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले घटेको हो । दोस्रोमा जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४ दशमलव १२ प्रतिशतले घटेको छ ।

Advertisement