April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

निषेधाज्ञाकै बिच २ सय ८७ उडानमार्फत सामान ओसारपसार

निषेधाज्ञाकै बिच २ सय ८७ उडानमार्फत सामान ओसारपसार

जेठ ३, काठमाडौं ।
सरकारले जारी गरेको निषेधाज्ञा र हवाई यातायात बन्दका कारण चार्टर उडानमार्फत विदेशबाट स्वास्थ्य सामग्री ल्याउने क्रम जारी छ । कोरोना महामारीको दोस्रो लहर बढ्दै जादा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडानमार्फत निजी र सरकारी निकायले स्वास्थ्य सामग्री ल्याएका छन ।

Advertisement

पछिल्लो १४ दिनमा २ सय ८७ वटा उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार मे १ देखि १४ सम्म गरी १४ दिनमा अन्तर्राष्ट्रिय उडान तथा चार्टर उडानमार्फत कुल ७ लाख ६८ हजार ३ सय ७३ केजी सामान ओसारपसार भएको छ । विश्वका विभिन्न देशबाट ३ लाख ६७ हजार ४ सय ८९ केजी सामान नेपाल भित्रिएको छ  भने नेपालबाट विश्वका विभिन्न देशमा ४ लाख ८ सय ८४ केजी सामान निर्यात भएको छ ।

Advertisement

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भए पनि सामान ढुवानीका लागि कार्गो उडान भने भइरहेका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले अहिले आएका कार्गोमा अधिकांश स्वास्थ्य सामग्री भएको जानकारी दिए । यसैबिच अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज नेपाल आउँदैछ । साढे चार सय थान अक्सिन सिलिन्डर लिएर जहाज दिउँसो दुई बजे त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ ।

जहाज अर्को खेप सिलिन्डर लिन आजै राति फेरि बेइजिङको लागि उड्नेछ । निगमको जहाजले यसअघि दुई पटक गरेर झण्डै एक हजार सिलिन्डर ल्याइसकेको छ । यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान तथा अवतरण हुँदैछन् । हिमालय एअरलाइन्सको जहाज चीनको कुम्निङबाट बिहान काठमाण्डौ आइपुगेको छ भने राति सवा ८ बजे फेरि कुम्निङकै लागि उड्नेछ ।

यस्तै चीन गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजेर पाँच मिनेटमा काठमाण्डौ फर्कँदैछ भने राती ११ बजे पुन बेइजिङको लागि उड्दैछ । यस्तै टर्किस एअरलाइन्सको चाटर्ड जहाज राति ९ बजे काठमाण्डौ आएर ११ बजे उड्ने तालिका रहेको छ ।