May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

गुल्मीमा ५ बेड क्षमताको आईसीयूका लागि २ करोड रुपैयाँ बजेट विनियोजन

गुल्मीमा ५ बेड क्षमताको आईसीयूका लागि २ करोड रुपैयाँ बजेट विनियोजन

जेठ ५, काठमाडौं ।
गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन भएको छ । परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधीसभा सदस्य प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा अर्थ मन्त्रालयबाट २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

मन्त्री ज्ञवालीले बुधवार विनियोजित बजेटका बारेमा जानकारी गराएका हुन् । कोरोना संक्रमणको दोस्रो लहरबाट जिल्लामा एक हजारभन्दा बढी संक्रमित भएका छन् । जिल्लामा थप सुविधासम्पन्न अस्पताल नहुँदा धेरैजना बिरामी ठूलो रकम खर्चेर बुटवल, पोखरा, काठमाडौं लगायतका शहरमा लैजानुपर्ने बाध्यता रहेको छ । तर जिल्लामै आईसीयू बेड स्थापना भएपछि राहत मिल्ने अपेक्षा गरिएको छ ।

Advertisement