February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः डा पुष्प कँडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः डा पुष्प कँडेल नियुक्त


काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः डा पुष्प कँडेललाई नियुक्त दिएको छ । सत्तारुढ दल एमालेको केन्द्रीय लेखा आयोगको अध्यक्षसमेत रहेका उनलाई प्रधानमन्त्री केपी ओलीले आफूसँगै दोस्रो कार्यकालको लगि निरन्तरता दिएका हुन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओलीले उनलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।


आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । नीति निर्माण, आयोजना छनौट र बजेट बिनियोजनमा सबै भूमिका अर्थ मन्त्रालयले नै गर्दै आएकोमा आयोगको औचित्व नरहेको भन्दै कतिपय विज्ञ तथा राजनीतिक नेताले यसलाई खारेज गरिदिए हुने बताउँदै आएका छन् । आयोगमा कुनै कार्यक्षमता राम्रो नभएका समेत राजनैतिक लविङमा नियुक्त हुने गरेका छन् ।

Advertisement