September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

‘बजेट पेशगर्ने समय कम हुँदा राष्ट्रपतिले छिटो सरकार गठनका लागि आव्हान गर्नुपरो’,-ओली

‘बजेट पेशगर्ने समय कम हुँदा राष्ट्रपतिले छिटो  सरकार गठनका लागि आव्हान गर्नुपरो’,-ओली


बजेट पेश गर्नुपर्ने समय कम हुँदा राष्ट्रपतिले थोरै समय राखेर नयाँ सरकार गठनका लागि आव्हान गर्नु परेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै ओलीले आफूले संसद छल्न नखोजेको दाबी गरेका हुन् ।

Advertisement


उनले नयाँ सरकारले १५ गते बजेट पेश गर्नुपर्ने समय भएकाले कम समय मै सबैकाम सक्नु पर्ने भएकाले छिटो सरकार गठनको लागि आब्हन गरेको बताएका छन् ।

Advertisement


‘हामीसँग समय छैन, विश्वासको मतमा पराजित भएर ५ मा जाने समय सुविधा हामीलाई छैन । ५ मै जाने भएपछि प्रधानमन्त्रीले मार्ग प्रशस्तै गर्नु उचित मात्र होइन अत्यावश्यक भइसक्यो, ओलीले भने, ‘तसर्थ वैकल्पिक सरकार बनाउन गरिएको हो । छल्न खोजिएको होइन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले समय नभएकैले संसदबाट विश्वासको मत नलिई संविधानको धारा ७६ (५) मा नयाँ सरकार बनाउन राष्ट्रपतिलाई पठाएको प्रतिक्रिया दिएका छन् ।


‘हामीसँग समय छैन, विश्वासको मतमा पराजित भएर ५ मा जाने समय सुविधा हामीलाई छैन । ५ मै जाने भएपछि प्रधानमन्त्रीले मार्ग प्रशस्तै गर्नु उचित मात्र होइन अत्यावश्यक भइसक्यो, ओलीले भने, ‘तसर्थ वैकल्पिक सरकार बनाउन गरिएको हो । छल्न खोजिएको होइन ।’

यो एक वर्ष प्रधानमन्त्रीलाई पदबाट हटाउन खोजियो । उनले पुस ५ मा संसद विघटन गर्नुको कारण पनि खुलाए । ‘संसद थामिनसक्नु अवस्थामा पुग्यो । मैले प्रधानमन्त्रीको रुपमा मैले नयाँ सरकार बन्ने र सरकार काममा केन्द्रित हुने अवस्था देखिनँ’, उनले भने, ‘त्यही भएर ताजा जनादेशमा जाने निर्णयसहित पुस ५ मा संसद विघटन गरेँ ।’


उनले अगाडि थपे जहिले पनि केपी ओलीले विगार्यो, प्रतिगमन ल्यायो भन्दै विरोध गरिएको भन्दै आज ५ बजे सम्म कसैले वैकल्पिक सरकार दिए ठीक छ नदिए सहमतिका साथ राष्ट्रिय सरकार बनाउन आव्हान गरेका छन् । कोभिड बिरुद्ध लड्न पनि सँयुक्त रुपमा अघि बढ्नु पर्ने प्रधानमन्त्रीले उल्लेख गरे ।

‘संसद थामिनसक्नु अवस्थामा पुग्यो । मैले प्रधानमन्त्रीको रुपमा मैले नयाँ सरकार बन्ने र सरकार काममा केन्द्रित हुने अवस्था देखिनँ’, उनले भने, ‘त्यही भएर ताजा जनादेशमा जाने निर्णयसहित पुस ५ मा संसद विघटन गरेँ ।’