March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अध्यादेशमार्फत बजेट आउँछः प्रधानमन्त्री ओली

जेठ ९, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत बजेट आउने बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका हुन् । ओलीले सस्तो लोकप्रियता कमाउने गरी बजेट नआउने बताएका छन् ।

अध्यादेशमार्फत बजेट आउने बताउँदै उनले विकास निर्माणलाई निरन्तरता दिए पनि कोभिड केन्द्रित बजेट ल्याउने बताए । आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए । ओलीले भने, ‘अर्थतन्त्रको भविष्यप्रति गैरजिम्मेवार भएर बजेट आउँदैन । विकास निर्माणलाई निरन्तरता दिन्छौं तर कोभिड केन्द्रित हुन्छौं । जनताको जनधनलाई प्राथमिकता दिन्छौं ।’ उनले चुनावको मुखमा बजेट आउन लागेको भए पनि सस्तो लोकप्रियता कमाउने र चुनाव प्रभावित पार्ने बजेट नल्याउने बताए ।

Advertisement