January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दे

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दे


नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई रकम आवश्यक परेकोले १५ अर्ब रुपैयाँ बराबरको ५ बर्षे विकास ऋणपत्र जारी गर्ने भएको हो ।

विकास ऋणपत्र २०८३ ’घ’ राखिएको उक्त ऋणपत्र जेठ ११ गते बिक्री गर्ने भएको छ । मंगलबार निष्काशन हुने को बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनेसक्ने छन् ।


यस्को ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । जस्को भुक्तानी अर्धवाार्षिक रुपमा हुनेछ । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न सकेत सकिने यो ऋणपत्र जोखिमका हिसावले बढी सुरक्षित मानिन्छ ।

Advertisement