August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

कृषि विकास बैंकले ऋणपत्र निष्कासन गर्दे, बोर्डले दियो यस्तो अनुमति

कृषि विकास बैंकले ऋणपत्र निष्कासन गर्दे, बोर्डले दियो यस्तो अनुमति

असार ११, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ९ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कृषि विकासलाई ऋणपत्र निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बार्डको अनुमति दिएको छ । कम्पनीले रू. १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते बार्डबाट अनुमति पाएको हो ।

 

बैंकले १२ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्नेछ । ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।