January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

राष्ट्र बैंकको नयाँ निर्देशनः व्यवसायी देखि बैंकर्स सबै निराश

राष्ट्र बैंकको नयाँ निर्देशनः व्यवसायी देखि बैंकर्स सबै निराश

पौष ११, २०७६, काठमाण्डौ ।
राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै ऋणिको कर चुक्ता अनिवार्य गर्नुका साथै ऋण लिने सीमामा समेत कडाइ गरेपछि बैकर्स र ब्यापारी सबैमा हलचल पैदा गरेको छ । नयाँ निर्देशन अनुसार अब बैंकहरुले ऋणीले पेश गरेको कर चुक्ताको प्रमाणपत्रमा उल्लेख भएअनुसार वार्षिक आय गणना गर्नुपर्ने हुन्छ । उक्त आयको ५० प्रतिशतमात्रै कर्जा दिन बैंकहरुलाई निर्देशन दिएको हो । यसले कर्जा लिएर व्यवसाय गर्न चाहनेहरुलाई निरुत्साहित बनाएको छ ।
नयाँ व्यवस्थाले कर्जा लिएर व्यवसाय गर्न असहज पर्ने सरोकारवाला तथा विज्ञहरुले बताएका छन् । अझ कतिपय आम्दानी कर चुक्ता प्रमाण पत्रमा नदेखिने भएकाले कर्जा प्रवाह थप संकुचित हुनेमा प्रष्ट छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाले कर्जाको माग घटाउने मात्र होइन ब्यावसाय गर्नेलाई समेत अफ्ठेरो पर्ने देखिन्छ । खासगरी साना तथा मझौला ऋणीलाई यो व्यवस्थाले धेरै असर पर्ने देखिन्छ ।

Advertisement