March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

नवनियुक्त स्वस्थ्य राज्यमन्त्री उमेश श्रेष्ठः ब्यापारी कि नेता ?

नवनियुक्त स्वस्थ्य राज्यमन्त्री उमेश श्रेष्ठः ब्यापारी कि नेता ?

काठमाडौं । चर्चित ब्यावसायी उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

Advertisement

राज्यमन्त्री श्रेष्ठ शिक्षासेवीका रुपमा चिनिए पनि अहिले उनको लागि धेरै क्षेत्रमा छरिएको छ । उनले शिक्षासहित जलविद्युत, पर्यटन, बैकिङ लगायतका क्षेत्रमा लगानी विविधिकरण गरेका छन् । स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन् । श्रेष्ठ २०१२ सालमा भोजपुरमा जन्मिएका उनी ४२ वर्षअघि भोजपुरबाट काठमाडौं अध्यानका लागि आएका थिए । उनी शिक्षा सँगै शैक्षिक तथा स्वास्थ्य क्षेत्रका ब्यावसायी भए । हाल झम्सीखेल ललितपुरमा उनको बसोवास गर्नै उनी अविवाहित हुन् ।श्रेष्ठ भोजपुर जिल्लाको एक सामान्य परिवारमा जन्मिएर सरकारी विद्यालयबाट शिक्षा लिएका थिए ।

Advertisement

सरकारी शिक्षामा गुणस्तरको अभाव देखेका श्रेष्ठले शिक्षा क्षेत्रमा लगानी गर्ने सोच बनाएका थिए । भोजपुरबाट आउँदा २ हजार बोकेर काठमाडौं आएका श्रेष्ठ अहिले करिब २० अर्ब सम्पत्तिको मालिक भइसकेको बताइन्छ ।

श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ । उनले व्यावसायिक शुरुवातमा भने लिटिल एन्जल स्कूल खोलेर शैक्षिक व्यवसायीका रुपमा परिचय बनाएका थिए । यही सस्था क्षेत्रले उनलाई नाम र पहिचान दिएको हो । उनी शिक्षा क्षेत्रका ब्यापारी हुँदै बैकिङ क्षेत्रमा होमिए । पछि क्रमश उनले अन्य क्षेत्रमा समेत लगानी बढउँदै लगे ।

उनी कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बनेका व्यक्ति हुन् । यसअघि उनी संविधानसभा सदस्य थिए । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन गु्रपका संस्थापक अध्यक्ष हुन् । उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठको ब्यासायिक बेस शिक्षा क्षेत्र हो ।

श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि हात हालेका छन् । नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठले यस वर्ष नै ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारी गरेका छन् । उनी महेन्द्रनारायण निधि मेमोरियल सामूदायिक अस्पताल काठमाडौंको ट्रस्टिजको अध्यक्ष हुन् । यस्तै काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालकासमेत उनी अध्यक्ष हुन् ।

उनी प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता पनि हुन् । उनको पछिल्लो समय जलविद्युत् आयोजनामा पनि लगानी छ । उनी पछिल्लो समय होटल क्षेत्रमा समेत लगानी बढाई रहेका छन् । पोखरामा उनको नयाँ होटल परियोजना सुरु भएको छ । कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ । यस्तै हाउजिङ तथा रियल स्टेटमा पनि उनको लगानी छ ।

श्रेष्ठका लगानी रहेका मुख्य सस्थाहरु

लिटिल एन्जल्स एजुकेशन गु्रप
प्राइम कमर्सिंयल बैंक
पाँचथर पावर कम्पनी प्रालि 
सानीगाड हाइड्रो पावर 
कालङगा हाइड्रो 
बुङ्गल हाइड्रो 
भिजन इनर्जी रामेछाप
माउन्टेन इनर्जी म्याग्दी
होटल सिराइचुली
होटल सेन्ट्रल पार्क
हिमालयन दृश्य रिसोर्ट
तनहुँमा घाँसी हेल्थ रिसोर्ट
महेन्द्रनारायण निधि मेमोरियल सामूदायिक अस्पताल
जनमैत्री अस्पताल

हेलोइस बुटिक अस्पताल