September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

साउन १३, काठमाडौं ।
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा आज प्रतितोला ३०० रुपैयाँले बढेको हो ।  सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार हुँदै छ ।

आज तेजाबी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।  मंगलबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Advertisement