September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

जीवन विकास लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

जीवन विकास लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

साउन १३, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधरणका लागि बाँकी १८ लाख ४८ हजार १५ कित्ता आईपीओ बिक्री गरेको थियो ।

Advertisement

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि जेबिएलबि सिम्बोल पाएको छ । नेप्सेमा शेयर सूचीकृत भएसँगै बिहीबारबाट कारोबार सुरू हुनेछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पूँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि लागि तथा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीको आईपीओ १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र ५ जनाले भने ११ कित्ताका दरले शेयर पाएका थिए ।