September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

सिटिजन्स बैंकको वितरण योग्य मुनाफा डेढ अर्ब नाघ्यो

सिटिजन्स बैंकको वितरण योग्य मुनाफा डेढ अर्ब नाघ्यो

साउन १५, काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वितरण योग्य मुनाफा डेढ अर्बभन्दा माथि पुगेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.५७ प्रतिशत बढी हो ।

Advertisement

असार मसान्तसम्ममा बैंकले १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३३.४० प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.०८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४३ \६६ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको चुक्ता पूँजी समीक्षा अवधिमा ३८.३६ प्रतिशत, जगेडा कोष ४०.९२ प्रतिशत, निक्षेप ५८.९२ प्रतिशत र कर्जा ५०.१३ प्रतिशत बढेको छ ।

बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १ रुपैयाँ ५० पैसा बढेर १५ रुपेयाँ ३८ पैसा पुगेको छ । त्यसैगरी, असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपातथ २५.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ ।