September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

झिनो अंकले बढ्यो नेप्से परिसूचक, १२ अर्ब माथिको कारोबार

झिनो अंकले बढ्यो नेप्से परिसूचक, १२ अर्ब माथिको कारोबार

साउन १७, काठमाडौं ।

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ दशमलव ०५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२४ अंकले बढेको छ । कारोबार रकम भने १२ अर्ब रुपैयाँ नाघेको छ ।  दिनभर भएका १ लाख १७ हजार ४९० कारोबारबाट २२६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ पुगेको छ ।यस अघिको अन्तिम कारोबार बिहीबार १० अर्ब ९० करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।

Advertisement

आज व्यापार समूहको शेयर साढे ७० अङ्कले, विकास बैंकको १९ अङ्कले, जलविद्युतको ८० अङ्कले,  उत्पादनको ३५, माइक्रोफाइनान्सको ६५ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ ।  आज जलविद्युत् समूहका सबैजसो कम्पनीमा हरियाली देखिएको छ । बैंक, होटल, फाइनान्स, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ ।

आज सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रीनलाइफ हाइड्रो र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । लक्ष्मी इक्विटी फन्डकाे शेयर सात अङ्क र चन्द्रागिरि हिल्सको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । यस्तै युनाइटेड मोदी हाइड्रोपावरको ३४ करोड ८८ लाख, सिनर्जी पावर ३२ करोड १२ लाख, ङादी ग्रुप पावर ३० करोड ४४ लाख, युनिभर्सल पावर २३ करोड ३९ लाख, अरुण भ्याली २७ करोड १४ लाख , लुम्बिनी विकास बैंक २६ करोड ६३ लाख, अपि पावर २६ करोड ५२ लाख, र डिप्रोक्स लघुवित्तको २१करोड २९ लाखको शेयर करोबार भएको छ ।