ऋणको लागि प्रतिस्र्धामा छानियो नेपालः १ अर्ब १३ करोड ऋण पाउँने
पुस २७, काठमाडौं ।
ऋण कस्ले पाउने भन्नेमा पछिल्लो समय अघोषित प्रतिस्र्धानै हुने गरेको छ । यस्तै प्रतिस्पर्धा पछिल्लो समय संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा भएको हो । जारी विश्व नवीकरणीय ऊर्जा संघको वार्षिक साधारणसभामा अबुधावी फण्ड फर डेभलपमेन्ट अन्तर्गत भएको प्रतिस्र्धामा नेपालले यो ऋण पाउँने भएको उर्जा मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सात चरणमा भएको प्रतिस्पर्धामा नेपालसहित बुर्निका फासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा सहुलियतपूर्ण ऋणका लागि छानिएका थिए । यही प्रतिस्पर्धामा नेपाल छानिएपछि शहरी फोहोरबाट ऊर्जा उत्पादनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई करिब १ अर्ब १३ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ । सो रकमबाट ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिनेछ । सो रकमबाट नेपालले ठूला बायोग्यास र नगरपालिकास्तरको फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाहरुमा न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने सरकारको योजना छ ।
प्रतिकृया दिनुहोस्