मुल्यबृद्धि पछि सुनको आयातमा भारी गिरावट
माघ ४, काठमाडौं ।
विश्व बजार विशेषगरी अमेरिका र इरानबिच भएको राजनैतिक द्धन्द्धको प्रत्यक्ष असर सुन बजारमा देखिदै आएको छ । परिमाण चालु आर्थिक वर्षको सुरुवातबाटै सुन चाँदीको मुल्यमा भारी बृद्धि हुँदै आएको छ । मुल्यमा बृद्धिसँगै सुनको आयात हृवात्तै घटेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सुनको आयात ६० प्रतिशतले घटेको हो । असार देखि मंसिरसम्म ६ अर्ब ९० करोड ३८ लाख २५ हजार मुल्य बराबरको सुन आयात भएको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्याङकले देखाउँछ । यो गत वर्षको सोही अवधिको तुलनामा १० अर्ब ५४ करोड ९२ लाख ४९ हजार रुपैयाँले कम हो । गत आर्थिक वर्षको ५ महिनामा १७ अर्ब ४५ करोड ३१ लाख मुल्य बराबरको सुन आयात भएको थियो ।
गएको ६ महिनाको अवधिमा मात्र सुन प्रतितोलामा १० हजार ३ सय रुपैयाँले बृद्धि भएको छ । गत साउनको पहिलो साता प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेकोमा गत पुष २३ गते हालसम्मकै उच्च ७६ हजार ५ सय पुगेको हो ।
नेपाली बजारमा दैनिक २५ किलो हाराहारीमा सुनको माग हुनेगरे पनि मुल्यबृद्धिपछि कारोबार ठप्प झै छ । सुनचाँदी ब्यावसायी महासंघका अनुसार पछिल्लो समय सुन किन्न आउनेको भन्दा बेच्न आउने संख्या बढेर गएको छ । बजारमा किन्ने भन्दा बेच्नेको भिड बढ्दा पनि सुनको आयातमा कमी आएको हो ।
हाल नेपालमा करिब ९६ प्रतिशत सुन आयातित छ । चार प्रतिशत सुन भने पुरानो स्टकबाट कभर हुँदै आएको छ । नेपाल आउने सुनमा दुबाइ र दक्षिण अफ्रिकाको सुन बढी शुद्ध मानिन्छ छ । यसका अलाब लण्डन, सिंहापुर, हडकड र अस्टे«लियाबाट पनि नेपाल आयात हुने गरेको छ । जहाँबाट आयात भए पनी सुन आउने मुख्यबाटो भने भरतीय नै हो ।
प्रतिकृया दिनुहोस्