April 30, 2025, Wednesday
[nepali_today_date]

पाँच महिनामा ३१ अर्व रुपैया घुम्न र अध्ययानको लागि बाहिरियो

पाँच महिनामा ३१ अर्व रुपैया घुम्न र अध्ययानको लागि बाहिरियो

माघ ११, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालीले विदेश घुम्न र अध्ययान गर्नको लागि मात्रै साढे ३१ अर्ब रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार साउनदेखि मंसिरसम्म नेपालीले उत्त रहम खर्च गरेका हुन् । यो रकम गएको वर्षको ५ महिनाको अवधिमा २३ दशमलव ७ प्रतिशतले कम हो । गएको वर्षको सुरुको ५ महिनामा भ्रमण व्यय ४१ अर्ब ३४ करोड रुपैयाँ थियो । यसमध्ये भ्रमणमा १९ अर्ब २० करोड र शिक्षातर्फको खर्च २२ अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।
भ्रमणको लागि १६ अर्ब ७६ करोड रुपैयाँ र शिक्षातर्फ १४ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको हो । राष्ट्र बैंकले वैदेशिक अध्ययनको लागि जानेहरुको खर्चलाई पनि वैदेशिक भ्रमण व्ययमै राख्ने गरेको छ ।

Advertisement