त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेक्स हटाइने
माघ १५, काठमाडौं ।
वैदेशिक रोजगार विभागले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेक्स हटाइने भएको छ । अध्यागमन विभाग र वैदेशिक रोजगार विभागको सूचना प्रणालीहरूको सोमबार एकीकरण गरेपछि श्रम डेस्क हटाउने तयारी गरेको हो ।
विगतदेखि विदेशिने श्रमिकका समस्या समाधान गर्न राखिएको डेस्क हटाउनुपर्ने भएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिएका छन् ।
विभागको वेबसाइट र एप्सबाट श्रम स्वीकृति विवरण हेर्न सकिने र विभागबाटै हाल श्रम डेस्कको काम गर्न सकिने भएकाले उक्त डेस्क आवश्यक नपर्ने भएको कारण डेक्स हटाउँन लागिएको जनाएको छ । अध्यागमन विभागले पनि आफ्नो आधुनिक सूचना प्रणाली सञ्चालनमा ल्याएसँगै यस्ले पनि हेल्प डेक्स हटाउँने तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस्