December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

साताको अन्तिम दिन सेयर बजारओरालो तिर

२३ माघ काठमाडौं ।  आज सेयर कारोबार नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ८.६७ बिन्दुले ओरालो लाग्दा परिसूचक १३३३.६९ बिन्दुमा ओर्लिएको हो । १२ वटा उपसमुहमध्ये उत्पादनमुलक र जीवन वीमा बाहेक सबै १० समुहको परिसुचक ऋणात्मक छ ।

Advertisement

आज गुराँस लाइफ इन्स्योरेन्सले चार कारोड ५८ लाख ६७ हजार ६ सय २८ रुपैंया बराबरको कारोबार गर्दा सिभिल बैंकले सबैभन्दा बढी १ लाख ६३ हजार ४५ कित्ता सेयर किबेच गर्यो । प्रभु बैंकका लगानी कर्ताले आज सबै भन्दा बढी ४ सय ६५ पटक लेनदेने गरेका छन ।

Advertisement

सुचिकृत भएकामध्ये कूल १७५ कम्पनीको कारोबार भएकोमा १ अर्ब ४ कारोड ९३ लाख ४५ हजार ४ सय ३६ रुपैंयां बराबरको २८ लाख १ हजार ८ सय तीन कित्ता सेयर किनबेच हुँदा १३ हजार १ सय ३७ पटक लेन देन भएको नेप्सेले जनाएको छ ।

ग्रिन डेभलोपमेन्ट बैंक, समृद्धि फाईनान्स, सपोर्ट माइक्रो फाइनान्स लगायतको कारोबारमा कमाई हुँदा नेपाल फाइनान्स लिमिटेड, ज्योती विकास बैंक, मिथिला लघुबित्त बित्तिय संस्थाको कमाई ओरालो लागेको छ ।