May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

डलरको भाउ फेरी पनि उकालो लाग्दै

डलरको भाउ फेरी पनि उकालो लाग्दै

डलरको भाउ पेरी उकालो लाग्दै गईरहेको छ । नेपाल रायट्र बैंकका अनुसार आइतबार अमेरिकि डलरको भाउ १२३ रुपैयाँ ३७ पैसा पुगेको हो । यसअघि गत फागुन २४ गते डलरको भाउ हालसम्मकै उच्च १२३ रुपैयाँ ४४ पैसा पुगेको थियो । सो पश्चात आइतबार अमेरिकि डलरको भाउ सबैभन्दा महँगो भएको हो । रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ । डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । नेपालीले १ डलर साट्नको लागि १२३ रुपैयाँ ३७ पैसा खर्च गर्नुपर्ने भएको छ । गत शुक्रबारसम्ममा अमेरिकि डलरको भाउ १२२ रुपैयाँ ३२ पैसा थियो । शनिबार यसको भाउ एकैदिन १ रुपैयाँ ५ पैसाले बढेर १२३ रुपैयाँ ३७ पैसा पुगेको थियो । आइतबार पनि सोहि भाउ कायम छ । डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ । नेपाललाई रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ । अहिले महंगि बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाव पर्ने भएको छ ।

नेपालले आयात गर्ने वस्तुहरुको भुक्तानी डलरमा तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालमा निर्यात हुनेभन्दा आयात हुने वस्तु निकै नै धेरै रहेकोले डलरको भाउ बढ्दा आयात गर्ने वस्तुमा समेत बढी शुल्क लाग्ने भएको छ । यसले गर्दा ती वस्तुहरुको भाउ महँगिनेछ । डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।

Advertisement