April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

महालक्ष्मी विकास बैंकले गर्यो क्यूआर कोड वितरण

महालक्ष्मी विकास बैंकले गर्यो क्यूआर कोड वितरण

महालक्ष्मी विकास बैंकले महाराजगंज र नक्सालमा रहेका भाटभटेनी परिसरमा क्यूआर कोड वितरण गरेको छ । बैंकले नगद रहित कारोबारलाई बढाउने उद्देश्यसहित उक्त कोड वितरण गरेको हो । बैंकले सोमबार महाराजगंज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा रहेका फलफुल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्ट लगायतका विभिन्न पसलहरुमा आफ्नो क्यू आर कोड वितरण गरेको हो । बैंकले व्यवसायीहरुलाई वित्तीय पहुँच पुर्याएकाले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा दिँदै आएको जनाएको छ । हाल बैंकले कूल १ सय ३ वटा शाखाहरुमार्फत बैकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Advertisement