May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

नबिल बैंक र पेमेन्ट नेपालबीच सम्झौता

नबिल बैंक र पेमेन्ट नेपालबीच सम्झौता

नबिल बैंकले मोबाइलमा आधारित रियल टाइम भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआइ) प्रदान गर्न पेमेन्ट नेपालसँग संझौता गरेको छ । युपीआइ अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाका लागि लागि भारतको राष्ट्रिय भुक्तानी निगमले विकास गरेको रियल टाइम भुक्तानी प्रणाली हो । साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुबै देशमा भुक्तानी गर्न सहज हुने बैंकले जनाएको छ ।

नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्टका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका छन् । साझेदारीपछि बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारिक स्टोरहरूमा सुरक्षित र निर्वाध भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । त्यसैगरी, नबिल युपीआइ क्यूआरसँग आबद्ध भएका व्यापारीहरूले फोनपे, गुगल पे र पेटीएमलगायत युपीआइमा आधारित मोबाइल एपहरू प्रयोग गरेर भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

Advertisement