March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

भुटानसँगको व्यापार निर्यातभन्दा आयात उच्च

भुटानसँगको व्यापार निर्यातभन्दा आयात उच्च

भुटानसँगको व्यापार निर्यातभन्दा आयात उच्च देखिएको छ । चालू आर्थिक वर्षको ९ महिनामा नेपालले भुटानसँग व्यापारमा ६८ करोड १ लाख ५० हजार रुपैयाँ व्यापारघाटा ब्यहोरेको छ । भन्सार विभागले दिएको जानकारीअनुसार ९ महिने अवधिमा नेपालले भुटानतर्फ २८ करोड ९६ लाख रुपैयाँको निर्यात गरेको छ । यसैगरी, यस अवधिमा भुटानबाट ९६ करोड ९७ लाख रुपैयाँको आयात गरेको छ ।

यसअनुसार, ९ महिनाको अवधिमा भुटानसँगको व्यापारमा नेपाललाई ६८ करोड रुपैयाँ घाटा छ । यस अवधिमा नेपालले भुटानबाट ९३ करोड ९६ लाख रुपैयाँको जिप्सम आयात गरेको छ । यस्तै, यस अवधिमा १ करोड २८ लाख ५५ हजार रुपैयाँको प्लस्ट आयात भएको विभागले जानकारी दिएको छ । यसैगरी, नेपालबाट विरुवा, पास्ता, दालमोठ, पापड, कार्पेट, लत्ताकपडा लगायतका वस्तु निर्यात हुने गरेको छ ।

Advertisement