April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नेपाल बैंकको निक्षेप २४ प्रतिशतभन्दा धेरैले बढ्यो

नेपाल बैंकको निक्षेप २४ प्रतिशतभन्दा धेरैले बढ्यो

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भईरहेका बेला नेपाल बैंकले भने निक्षेप संकलन तथा कर्जा विस्तारमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो भएको बैंकले जनाएको छ । वैशाखसम्ममा बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार भने ३१.९८ प्रतिशतले वृद्धिभएको बैंकले जानकारी दिएको छ । २७ वाणिज्य बैंकहरुमध्ये १९ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धिभएको छ भने ८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्घिदर ६.२३ प्रतिशत छ ।

त्यसैगरी २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तार पनि बढेको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तार १७.४३ प्रतिशतले बढेको छ । वैशाखमा वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशतभन्दा बढी छ । नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने राष्ट्र बैंकले तोकेको सिमाभित्र नै (८९.६५ प्रतिशत) रहेको बैंकले जनाएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत छ ।

Advertisement